‘चार जना डोलेले बोकेको उलिनकाठमा चढेर काठमाण्डूका साँघुरो सडकमा उनी प्रायः देखिन्थे रे! त्यसमा पनि फसिकेवको पशुपत प्रेस उनको घर जाने बाटैमा हुनाले त्यता उनी नित्यै जस्तो पुग्थे भन्दछन्। उनी सारै स्थूल शरीरका थिए। यसउसले धेरै घुमफिर गर्न सक्दैनथे। त्यसै हुँदा उनको मनबहलाउको साधन पढाइ र लेखाइ नै हुनगएको थियो।’ २०२२ सालमा ‘वीर चरित्र’ को पूरै चार भाग पहिलो पटक छाप्दा जगदम्बा प्रकाशनले यसरी चिनाएको थियो आफ्ना लेखकलाई।गिरीशवल्लभ पेशाले कवि या लेखक थिएनन्, कविराज थिए, आयुर्वेदका धुरन्धर। तर हिन्दीका लोकप्रिय तिलस्मी उपन्यासहरू पढेर अनुकरण गर्दागर्दै उपन्यासकार हुनपुगे उनी। धारावाहिक रूपमा आउने ‘चन्द्रकान्ता’ र ‘चन्द्रकान्ता सन्तति’ पढ्दै जाँदा तिनमा उनी यति लट्टु भए, त्यसका लेखक देवकीनन्दन खत्रीका ‘फ्यान’ नै हुनपुगे। कतिसम्म भने उनले आफ्नो छोराको नाम समेत ‘देवकीनाथ’ राखिदिए अनि आफूले पनि जासूसी (ऐच्चयारी) उपन्यास लेख्न थाले। त्यसैको उपज हो उनको उपन्यास ‘वीर चरित्र’। तर यो कुनै हिन्दी किताबको अनुवाद होइन। मौलिक र नेपालीपनले ओतप्रोत यो रहरलादो उपन्यास हाम्रो भाषाको पहिलो उपन्यास नै हुनपुग्यो!